महालक्ष्मी विकासले ल्यायो रकम डबल हुने योजना
महालक्ष्मी विकास बैंकले नयाँ मुद्दती योजना ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता’ सार्वजनिक गरेको छ । बैंकको अनुसार मात्र १० हजार मै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता‘ मा ७० महिनामै मुद्दती रकमको दुईगुणा रकम भुक्तानी गरिने छ । महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकहरुले मुद्दती खाता योजना अन्तर्गतको आकर्षक यस महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता खोल्न सक्ने बैंकले जानकारी दिएको छ । देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।