मुक्तिनाथ विकास बैंकको ’मुक्तिनाथ गज्जब मुद्दती’ योजना


काठमाडौं । मुक्तिनाथ विकास बैंकले ’मुक्तिनाथ गज्जब मुद्दती’ योजना सञ्चालनमा ल्याएको छ । बैंकले निक्षेपकर्ताहरूलाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे न्यूनतम अवधिमा तेब्बरसम्म प्रतिफल दिने उक्त योजना सञ्चालनमा ल्याएको बताएको छ । यो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा नौ वर्ष चार महिना १८ दिनमा प्रतिफल तेब्बर र व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा आठ वर्ष सात महिना २८ दिनमा तेब्बर हुनेछ ।
त्यस्तै, व्यक्तिगत मुद्दती खातामा पाँच वर्ष १० महिना १८ दिनमा प्रतिफल दोब्बर र व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा पाँच वर्ष पाँच महिना छ दिनमा दोब्बर हुनेछ । यस योजनाबाट ग्राहकलाई धेरै फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *