सुकुम्वासी बस्तीमा प्रहरीको माइकिङ,भोलि बेलुकासम्म ठाउँ खाली गर्नू

काठमाडौं । थापाथलीस्थित सुकुम्वासी बस्ती खाली गराउन प्रहरीले सूचित गरेको छ । साँझ माइकिङ गर्दै प्रहरीले बस्ती खाली गराउन भनेको हो । प्रधानमन्त्री बालेन्द्र साहले बुधबार सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै शनिबार र आइतबारभित्र सुकुम्वासी बस्ती खाली गराउन निर्देशन दिएका थिए । उक्त निर्देशनको आधारमा प्रहरीले भोलि बेलुकासम्म ठाउँ खाली गर्न माइकिङ गरिरहेको हो । बालेनले काठमाडौं मेयर हुँदादेखि नै बस्ती खालीको प्रयत्न गरिरहेका थिए । उनको प्रयास सफल भएको थिएन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *