एनएमबि बैंकले आवधिक कर्जा लगानी भित्रर्याउने


काठमाडौं । एनएमबि बैंकले साढे २ करोड अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने भएको छ । बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानीसँगको सहकार्यमा सो रकम बराबरको कर्जा लगानी भित्र्याउने भएको हो । बैंकले यसको लागि ब्रिटिश अन्तर्राष्ट्रिय लगानीसँग सम्झौता सम्पन्न गरेको छ । योसँगैं, एनएमबि बैंक दोश्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नविकरणीय उर्जा क्षेत्रमा लगानी बढाउन मदत पुग्ने बैंकले जनाएको छ ।
यसरी विस्तार गरिएको लगानीले जलश्रोत तथा नविकरणीय उर्जा क्षेत्रको विकाशमा महत्वपुर्ण भूमिका खेल्दै समग्र अर्थतन्त्रको विकासमा समेत टेवा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । सीइओ केसीले उक्त कर्जा लगानीले उर्जा क्षेत्रमा कार्यरत परियोजनाहरु लाभान्वित हुनुको साथै बैंकले लिएको दिगो बैंकिङ्गको अवधारणालाइ एक कदम अगाडी पुर्याउन महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *