मनकामना केबलकार भदौ २५ देखि सञ्चालन हुने


काठमाडौं । मर्मतका लागि एक महिना बन्द भएका मनकामना केबलकार भदौ २५ गतेदेखि सञ्चालनमा आउने भएको छ ।
केबलकार मर्मतका लागि साउन २३ गतेदेखि बन्द भएको थियो । मर्मतमा चारवटा टावरको पार्टपुर्जा, गोन्डोलका ग्रिप, हाइड्रोलिक्स सिस्टमको मर्मत गरिएको छ । पहिलो चरणको स्तरोन्नतिको कार्य सकिएर आगामी शनिबारदेखि सञ्चालनमा आउने मनकामना केबलकार कम्पनीले जानकारी दिएको छ ।
आगामी वर्ष डिजिटल सञ्चालन प्रणालीका लागि फेरि मर्मत गरिने कम्पनीले जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *