कुमारी बैंकको साधारणसभा कात्तिक २१ गते हुने


काठमाडौं । कुमारी बैंकको साधारणसभा कात्तिक २१ गते हुने भएको छ । असोज ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले कात्तिक २१ गते सोमबार साधारणसभा गर्ने निर्णय गरेको हो ।
बैंकले शेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ । उक्त लाभांश बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीले पाउने छन् । हाल कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकबीच मर्जर प्रकृया अघि बढेकोले असोज ११ गतेदेखि नै संस्थाको शेयर कारोबार बन्द रहेको छ । नेप्सेमा असोज ११ गतेभन्दा अघिसम्म शेयर कारोबार भएकाले कार्त्तितक १४ गतेभित्र शेयरधनी दर्ता कितावमा दाखिल खारेज नामसारी भई सेयर कायम रहेका शेयरधनीहरु प्रस्तावित लाभांश पाउन योग्य हुने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *