नेपाली कांग्रेसले तिहारपछि चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले तिहारलगत्तै चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी थालेको छ ।

यसअघि गत सोमबार घोषणापत्र सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा गठबन्धनले आयोजना गरेको कार्यकर्ता भेलामा सहभागी हुनुपरेपछि स्थगित भएको थियो । घोषणापत्र तयारी समितिका अनुसार घोषणापत्र निर्माणको काम करिब सकिएको छ ।

घोषणापत्र छपाईका क्रममा पुगेको नेताहरुले बताएका छन् । तिहारलगत्तै घोषणापत्र सार्वजनिक गर्ने तयारीअनुसार छपाईको क्रममा पुगेको नेताहरुको भनाई छ । कांग्रेसको घोषणापत्र समितिको नेतृत्व महामन्त्री विश्वप्रकाश शर्माले गरेका छन् ।

यसअघि स्थानीय तहको चुनावी घोषणापत्र लेख्ने जिम्मेवारी अर्का महामन्त्री गगन थापालाई दिएका सभापति शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभा चुनावको घोषणापत्र तयार गर्ने जिम्मेवारी भने अर्का महामन्त्री शर्मालाई दिएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *