अजोड इन्स्योरेन्स बोलायो विशेष साधारणसभा


काठमाडौं । अजोड इन्स्योरेन्सले आफ्नो विशेष साधारणसभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा मंसिर ९ गते शुक्रबार लैनचौर काठमांडौमा बिहान ११ बजे बोलाएको हो ।
कम्पनीको सभाले अजोड इन्स्योरेन्स कम्पनी र प्रभु इन्स्योरेन्ससंग मर्जरमा जाने प्रस्तावलाई पारित गर्नेछ । यस्तै, सभाले हाल कायम रहेको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१ः४९ बनाउने प्रस्ताव समेत पारित गर्ने छ ।
कम्पनीले विशेष साधारणसभा प्रयोजनार्थ मंसिर २ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । कम्पनी मर्जर प्रक्रियामा भएकाले दोस्रो बजारमा कम्पनीको सेयर कारोबार साउन १ गतेदेखि रोक्का छ । त्यसैले असार ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन पाउने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *