अध्यक्ष नेपालद्वारा मतदान

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

रौटहट क्षेत्र नं १ का उम्मेदवारसमेत रहनुभएका उहाँले गौर नगरपालिका–२ स्थित रामजानकी आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले लम्जुङको सुन्दरबजार नगरपालिका–८ को भारती सदन मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *