एभरेष्ट बैंकले मंसिर २६ गतेको लागि बोलायो साधारणसभा


काठमाडौं । एभरेष्ट बैंकले मंसिर २६ गतेको लागि साधारणसभा बोलाएको छ । सभाले गत वर्षको नाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित गर्नेछ । बैंकले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट शेयरधनीहरुलाई २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र ७.६८ प्रतिशत नगद गरी कूल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *