आजसम्म शेयरधनी बने एभरेष्ट बैंकको लाभांश पाउने


काठमाडौं । एभरेष्ट बैंकको २०.६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर १३ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्रै साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रस्तावित लाभांश पारित गर्न बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले २८औँ वार्षिक साधारणसभा मंसिर २६ गते, सोमबार लैनचौर बैक्ङ्क्वेट, लैनचौर काठमाडौँमा बिहान ११ बजे बोलाएको छ । सभाले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र ७.६८ प्रतिशत नगद गरी कूल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, आर्थिक वर्ष २०७८।७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफ–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु पारित गर्ने, आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *