उप्रेतीको संयोजकत्वमा उपसमिति गठन


काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका निम्ति अधिकतम पहल गर्न भन्दै एक उपसमिति गठन गरेको छ । महासंघको बोर्ड बैठकले महासंघका संचालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीको संयोजकत्वमा उपसमिति गठन गरेको छ । सो समितिले समस्या उन्मुख संस्थाहरुको स्थलगत अध्ययन, विश्लेषण, समन्वय गर्ने जिम्मेवारी समेत पाएको छ । बैठकमा सहकारी क्षेत्रको वर्तमान अवस्थाको विषयमा सरकार गम्भीर नभएको भन्दै असन्तुष्टि व्यक्त भएको महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले जानकारी दिइन् ।
उप समितिको सदस्यहरुमा महासंघका संचालकद्वय डि बी बस्नेत, राजेन्द्र पौडेल तथा नेफ्स्कून, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ, बागमती प्रदेश सहकारी संघका प्रतिनिधि रहने जनाइएको छ । साथै सो उपसमितिको सदस्यसचिवमा महासंघका महाप्रबन्धक रहनेछन् । सहकारी ऐन २०७४ मा नै व्यवस्था भएको कर्जा सूचना केन्द्र, कर्जा असूली न्यायाधिकरण, निक्षेप तथा बचत सुरक्षण कोष समयभित्र नै कार्यान्वयन गर्न सरकार चुकेका कारण सहकारीमा चुनौती वृद्धि भएको बताइएको छ । महासंघले सहकारी क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने ऐेनम व्यवस्था भएको प्रावधान कार्यान्वयनका लागि ठोस कदम चाल्न सरकारलाई आग्रह गर्ने भएको हो
साथै महासंघले स्वनियम र स्वमूल्यांकनको विधिलाई मजबुत बनाउनका लागि समितिको स्वमूल्यांकन फाराम तयार गरेको छ । यो प्रत्येक बर्ष समितिका पदाधिकारीहरु तथा सदस्यहरुले भनुपर्ने महाप्रबन्धक सुब्बाले जनाइन्। बैठकले लेखा सुपरिवेक्षण समितिको आन्तरिक सुपरिवेक्षण सम्बन्धी कार्यविधि समेत पारित गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *