२० वर्ष पुगेर विवाह गर्ने किशोरीलाई १० हजार
कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ ।वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाइएको छ ।
बालविवाहविरुद्धको साझा अभियान कालीकोटका संयोजक खडानन्द अधिकारीको वडालाई बालविवाह न्यूनीकरणका लागि वडाले गरेको निर्णयले केही हदसम्म कम गर्ने बताउनुभयो । बालविवाह गर्ने चलन निकै रहेको ठाउँमा वडाले पुरुस्कार दिँदा न्यूनीकरण हुन्छ भन्ने उद्देश्य राखेको छ , उहाँले भन्नुभयो, उमेर नपुगी विवाह गर्ने चलन अन्त्य गर्नका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी रहेको छ ।
दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई रु १० हजार नगद दिने निर्णय वडाले गरेको वडाध्यक्ष धर्मराज ताम्राकारले जानकारी दिनुभयो । हामीले उमेर पुगेर विवाह गर्ने किशोरीलाई पुरस्कार दिने निर्णय गरेका छौँ , उहाँले भन्नुभयो, यसले बालविवाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएका छौँ । विशेषगरी विद्यालयस्तरमा र बालविवाहबारे चेतना जगाउने खालका कार्यक्रमलाई विशेषरूपमा नगरपालिकाले अगाडि बढाएको नगरपालिका उपप्रमुख गणेशबहादुर शाहीले बताउनुभयो । अहिले उमेर पुगेपछि विवाह गर्ने किशोरीलाई एउटा वडामा मात्रै पुरस्कार दिने निर्णय गरेका छौँ । उहाँले भन्नुभयो, आगामी दिनमा नगरपालिका सबै वडामा यो कार्यक्रम लागू गर्ने योजना रहेको छ ।
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
फ्लास न्युज
झम्सिखेलको आकर्षण अपि इन्फ्रा,लक्जरी जीवनशैलीको सपना साकार
धादिङमा स्कुल बससहित सात सवारीसाधन एकआपसमा ठोक्कियो
आगामी निर्वाचनबाट एमालेले फेरि सरकार बनाउँछ : ओली
हरित विकासमा सन नेपाल लाइफ इन्स्योरेन्सको सार्थक योगदान
टाटा ईभी ग्राहकका लागि सिप्रदीको हिउँदे अफर : ‘विन्टर ईभी सर्भिस एण्ड एक्सचेन्ज क्याम्प’ घोषणा
एनआईसी एशिया बैकका ग्राहकलाई लकर सेवामा १५ प्रतिशत छुट
नेशनल लाइफको सिईओ क्लब कार्यक्रम सम्पन्न
एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच भेट
एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत २ हजार बढी शैक्षिक सामग्री वितरण गर्ने
टेक्सास इन्टरनेसनल कलेजमा मंसिर २४ देखि २६ सम्म ‘साइन्स एन्ड आइटी एक्जिबिसन हुँदै
हार्दिक आईभीएफ नेपालगञ्जमा
Saturday, December 06, 2025





