२० वर्ष पुगेर विवाह गर्ने किशोरीलाई १० हजार
कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ ।वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाइएको छ ।
बालविवाहविरुद्धको साझा अभियान कालीकोटका संयोजक खडानन्द अधिकारीको वडालाई बालविवाह न्यूनीकरणका लागि वडाले गरेको निर्णयले केही हदसम्म कम गर्ने बताउनुभयो । बालविवाह गर्ने चलन निकै रहेको ठाउँमा वडाले पुरुस्कार दिँदा न्यूनीकरण हुन्छ भन्ने उद्देश्य राखेको छ , उहाँले भन्नुभयो, उमेर नपुगी विवाह गर्ने चलन अन्त्य गर्नका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी रहेको छ ।
दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई रु १० हजार नगद दिने निर्णय वडाले गरेको वडाध्यक्ष धर्मराज ताम्राकारले जानकारी दिनुभयो । हामीले उमेर पुगेर विवाह गर्ने किशोरीलाई पुरस्कार दिने निर्णय गरेका छौँ , उहाँले भन्नुभयो, यसले बालविवाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएका छौँ । विशेषगरी विद्यालयस्तरमा र बालविवाहबारे चेतना जगाउने खालका कार्यक्रमलाई विशेषरूपमा नगरपालिकाले अगाडि बढाएको नगरपालिका उपप्रमुख गणेशबहादुर शाहीले बताउनुभयो । अहिले उमेर पुगेपछि विवाह गर्ने किशोरीलाई एउटा वडामा मात्रै पुरस्कार दिने निर्णय गरेका छौँ । उहाँले भन्नुभयो, आगामी दिनमा नगरपालिका सबै वडामा यो कार्यक्रम लागू गर्ने योजना रहेको छ ।
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
फ्लास न्युज
झम्सिखेलको आकर्षण अपि इन्फ्रा,लक्जरी जीवनशैलीको सपना साकार
एनएमबि क्यापिटलका तीन म्युचुअल फण्डहरूको लाभांश घोषणा
आइएमई लाइफ आजबाट दशौं वर्षमा
विदेशमा सिकेको सीप स्वदेशमै लगानी गरौँः अध्यक्ष ढकाल
नाइमा एक्स्पोमा १ लाख ८० हजारभन्दा बढीको सहभागिता
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
बिहारको अशोकधाम मन्दिरमा भागदौड, सातजनाको मृत्यु
घरघरमा नागको तस्बिर टाँसेर आज नाग पञ्चमी पर्व मनाइँदै
तेस्रो इन्फा अवार्डमा नीर शाह र विपिन कार्की उत्कृष्ट अभिनेता घोषित, ‘ऊनको स्वीटर’ उत्कृष्ट फिल्म
भोलिदेखि सबै म्यानपावर बन्द हुने, भिसा आएका श्रमिकलाई पनि नउडाइने
अस्ट्रेलिया जाने नेपाल ‘ए’ टोलीको बिदाइ
Monday, August 17, 2026






