२० वर्ष पुगेर विवाह गर्ने किशोरीलाई १० हजार
कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ ।वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाइएको छ ।
बालविवाहविरुद्धको साझा अभियान कालीकोटका संयोजक खडानन्द अधिकारीको वडालाई बालविवाह न्यूनीकरणका लागि वडाले गरेको निर्णयले केही हदसम्म कम गर्ने बताउनुभयो । बालविवाह गर्ने चलन निकै रहेको ठाउँमा वडाले पुरुस्कार दिँदा न्यूनीकरण हुन्छ भन्ने उद्देश्य राखेको छ , उहाँले भन्नुभयो, उमेर नपुगी विवाह गर्ने चलन अन्त्य गर्नका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी रहेको छ ।
दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई रु १० हजार नगद दिने निर्णय वडाले गरेको वडाध्यक्ष धर्मराज ताम्राकारले जानकारी दिनुभयो । हामीले उमेर पुगेर विवाह गर्ने किशोरीलाई पुरस्कार दिने निर्णय गरेका छौँ , उहाँले भन्नुभयो, यसले बालविवाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएका छौँ । विशेषगरी विद्यालयस्तरमा र बालविवाहबारे चेतना जगाउने खालका कार्यक्रमलाई विशेषरूपमा नगरपालिकाले अगाडि बढाएको नगरपालिका उपप्रमुख गणेशबहादुर शाहीले बताउनुभयो । अहिले उमेर पुगेपछि विवाह गर्ने किशोरीलाई एउटा वडामा मात्रै पुरस्कार दिने निर्णय गरेका छौँ । उहाँले भन्नुभयो, आगामी दिनमा नगरपालिका सबै वडामा यो कार्यक्रम लागू गर्ने योजना रहेको छ ।
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
फ्लास न्युज
झम्सिखेलको आकर्षण अपि इन्फ्रा,लक्जरी जीवनशैलीको सपना साकार
‘नयाँहरू पनि सत्तामा पुगेपछि उही गलत बाटो पछ्याउँदैछन्’
एनपीएलमा डीआरएस प्रविधिको प्रयोग गर्ने क्यानको घोषणा
ट्रम्पले हार्न सक्छन् मध्यावधि चुनाव, महँगी र इरान युद्ध
आज बिहान ५ बजेदेखि नै तलेजु भवानीको दर्शन गर्न लाइन
आज महानवमी
विश्वकप लिग–२ को अन्तिम खेलमा नेपालद्धारा ओमान पराजित
नवरात्रमा राष्ट्रपति पौडेलले गरे उपत्यकाका नौ शक्तिपीठको दर्शन
लुम्बिनी विकास कोषको उपाध्यक्षमा छोइङको नियुक्ति विवादमा
धादिङमा शंकास्पद वस्तु विस्फोट, दुईजना घाइते
टाइगर श्राफको कारमा गोली प्रहारको आरोपमा तीनजना पक्राउ
Tuesday, October 20, 2026






