मौसम पूर्वानुमान : आंशिक बदली केही स्थानहरुमा हुस्सु

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि आज बिहान तराईका केही स्थानहरुमा हुस्सु लाग्नुको साथै देशको पहाडी भू-भागमा आंशिक बदलीको भइरहेको छ ।

आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । राती लुम्बिनी प्रदेशका साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ।
 
तराईका केही भू-भागमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भू९भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *