अल्का अस्पतालमा आजदेखि निःशुल्क स्वास्थ्य शिविर 


काठमाण्डौं । अल्का अस्पतालले आज सोमबारदेखि पुस २२ गतेसम्म निस्शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। सोमबार बिहान अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच निःशुल्क स्वास्थ्य शिविरको अस्पतालका अध्यक्ष कुमार थापाले उद्घाटन गरेका हुन्। सो कार्यक्रममा उनले आइभिएफ, मधुमेह र साइकियाट्रिक एक आपसमा सम्बन्ध भएका कारण यस पटकको शिविरमा यी विषयलाई प्राथमिकता दिएको उल्लेख गरे। अस्पताल परिसरमा सुरू निःशुल्क स्वास्थ्य शिविरमा आइभिएफ, मधुमेह तथा न्युरो साइकियाट्रिक विशेषज्ञबाट स्वास्थ्य जाँच भइरहेको प्रशासन प्रमुख भगवान केसीले बताए।
शिविरमा स्वास्थ्य जाँच गरिएकाहरूलाई चिकित्सकको सिफारिस अनुसार निःशुल्क ल्याव जाँच र औषधि वितरण पनि गरिने अस्पतालले जनाएको छ।
शिविरमा सहभागी इच्छुकलाई आइभिएफमा १ लाख छुटको व्यवस्था मिलाइएको छ। त्यस्तै, एमआरआइ र सिटी स्क्यान पनि निःशुल्क गरिने अस्पताल प्रशासनले जनाएको छ। शिविरमा सहभागीहरूले एक महिनासम्म फलो अप गर्दा पनि कुनै शुल्क नलाग्ने अस्पतालले बताएको छ। अस्पतालले यसअघि लमजुङ, मकवानपुर, काभ्रे लगायतका जिल्लाहरूमा निस्शुल्क स्वास्थ्य शिविर आयोजना गरिसकेको छ। २०६२ साल फागुन ३ गतेदेखि सञ्चालनमा आएको उक्त अस्पतालमा एक सय शय्या छ। अस्पतालले केही समय अघि अल्का आइभिएफ सेन्टर र डाइबेटिज सेन्टरको स्तरोन्नति गरेको थियो। अस्पतालले उपचारमा भित्रिएका नयाँ–नयाँ प्रविधिहरू भित्र्याएर बिरामीहरूलाई सेवा दिँदै आइरहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *