शिखर इन्स्योरेन्सले बोलायो साधारणसभा
काठमाडौं । शिखर इन्स्योरेन्सले संचालक समितिको बैठकले माघ २५ गते बुधबार ११ बजे सभा बोलाएको हो । सभाले गत वर्षको नाफाबाट प्रस्तावित लाभांश प्राप्त गर्नेछ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर र ०.८४२१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यस्तै, कम्पनीले सभा प्रयोजनको लागि माघ १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ १६ गतेसम्म कम्पनीको सेयरधनीको रुपमा कारोबार गर्नेहरुले मात्र लाभांश पाउनेछन् ।