आत्मदाह गर्ने प्रयास गरेका क्षेत्रीलाई बचाउन खोज्दा उल्टै ज्यान गुमाइन्

काठमाडौँ । जलेर सख्त घाइते हुनुभएकी पोखरा महानगरपालिका–१३ काहुँखोलाकी सङ्गीता सापकोटाको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ । प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले ३५ वर्षीया सापकोटाको गएराति नै निधन भएको जानकारी दिए । सोही घटनामा जलेर घाइते भएका कृष्णबहादुर क्षेत्रीको भने उपचार भइरहेको उनको भनाइ थियो ।

“साधारण श्ययामा राखेर उपचार भइरहेको छ, कुनै जटिलता भएमा सघन उपचार कक्ष पनि तयारी अवस्थामा राखिएको छ”, निर्देशक खत्रीले भने । आइतबार जलेर घाइते भएको अवस्थामा दुवैलाई स्थानीयवासीले उद्धार गरी अस्पताल पुयाएका थिए ।

आत्मदाह गर्ने प्रयास गरेका ४५ वर्षीय क्षेत्रीलाई बचाउन खोज्दा सापकोटाले उल्टै ज्यान गुमाउनुपरेको जनाइएको छ । क्षेत्री सापकोटाकै घरमा डेरा गरी बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको कास्की जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुवास तिमिल्सिनाले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *