सन नेपाल लाइफले मृतक प्रेम आचार्यको श्रीमतीलाई दियो ५० लाख


काठमाडौं । नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको परिवारलाई सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमावापतको रकम परिवारलाई ५० लाख १२ हजार एक सय ९४ रुपैयाँ दाबी भुक्तानी गरेको छ । प्रेम आचार्यको उपचारका क्रममा र्कीतिपुरस्थित बर्न अस्पतालमा भोलिपल्ट विहान मृत्यु भएको थियो । कम्पनीले दाबी भुक्तानी वापतको मृतककी श्रीमती नानुका अधिकारीको नाममा चेकमार्फत् हस्तान्तरण गरेको कम्पनीका इलाम शाखाका प्रमुख टङ्क श्रेष्ठले बताए । आचार्यको निधन भएपछि उनको परिवारलाई देश विदेश तथा विभिन्न व्यक्ति तथा सङ्घ संस्थाबाट सहयोग प्राप्त हुँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *