यती एयरलाइन्सको दुर्घटनामा मृतक परिवारलाई नेपाल लाइफले दियो भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले यती एयरलाइन्सको दुर्घटनामा मृतक परिवारलाई एक करोड एक लाखको दावी भुक्तानी गरेको छ । इन्स्योेरेन्सले बालाजु शाखामा आयोजित एक कार्यक्रमका बीच मृतक संगिता शाहीले इच्छाइएको व्यक्ति कोपिला घर्ति क्षेत्री आमालाई एक करोड एक लाखको चेक हस्तान्तरण गरेको हो । पोखरा उ.म.पा १७, कास्की ठेगाना भएकी बीमित संगिता शाहीको गत माघ १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घंटनामा असामायिक निधन भएको थियो ।आफ्नो जीवनकालमा स्वर्गीय संगिता शाहीले नेपाल लाइफ इन्स्योरेन्स बालाजु शाखा कार्यालयबाट २०७९ भदौ २९ गते ५० लाख रुपैयाँ बीमाङ्क भएको जीवन सहारा बिमा योजना लिएकी थिइन् । बीमाङ्क बापतको रकम अन्तर्गत ५० लाख रुपैयाँ र दुर्घंटना मृत्यु दावी बापत ५० लाख रुपैयाँ गरी जम्मा एक करोड एक लाख रुपैयाँ इच्छाइएको व्यक्ति आमालाई प्रदान गरिएको इन्स्योरेन्सले जानकारी गराएको छ ।