प्रधानमन्त्री प्रचण्डले रोके परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रोकेका छन् । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिनका लागि आज आइतबार परराष्ट्रमन्त्री जेनेभा जाने तयारीमा थिइन् । ‘यसअघि भ्रमणको तयारीका क्रममा मन्त्री पौडेलले जेनेभा भ्रमणका क्रममा राष्ट्रिय मानवअधिकार आयोगलाई क श्रेणीमै कायम राख्न पहल गर्ने बताएकी थिइन् ।
मानवअधिकार संस्थाहरुको अन्तर्राष्ट्रिय सञ्जाल गानरीले नेपालको मानवअधिकार आयोगलाई ख श्रेणीमा घटुवा गर्न सिफारिस गरेको थियो ।मन्त्री पौडेल जेनेभाबाट दोहा आउने र त्यहाँ अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा सहभागी हुने कार्यक्रम पनि थियो । अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड भने शुक्रबार कतार जाने कार्यक्रम छ ।