सीजी डिजिटल इकमर्सले ल्यायो ‘बिग सीजी डे २.३.२३’ योजना


काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सीजी डिजिटल इकमर्सले यो वर्ष पनि बिग सीजी डे २.३.२३ योजना सञ्चालनमा ल्याएको छ । यस योजनामा चौधरी ग्रुप अन्तगर्त रहेका विभिन्न प्रोडक्ट र सेवाहरु आकर्षक छुटमा उपलब्ध हुने कम्पनीले जनाएको छ । २ मार्चदेखी १० मार्चसम्म सञ्चालन हुने यस योजनामा निःशुल्क जडान, फ्रि डेलिभरी, बम्पर लक्की ड्र, बैंककार्ड छुट र सरल किस्ताबन्दी, अतिरिक्त छुट कुपनका साथै पहिलो २३ जना ग्राहकहरुलाई १२५ सम्मको थप विशेष छुट सुविधा र छुटहरु पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । बिग सीजी डे २.३.२३ मा सीजी ग्रुप अन्तर्गत सीजी इलेक्ट्रोनिक्स, सीजी फुड्स, सीजी नेट, सीजी हिल्स्, सीजी एजुकेसन, सीजी हस्पिटालिटीका विभिन्न प्रोडक्ट तथा सेवा सुविधाहरुमा विभिन्न अफर रहेको कम्पनीले जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *