माछापुच्छ्रे बैंक र सेल्सबेरीबीच सम्झौता


काठमाडौं । माछापुच्छ्रे बैंक र सेलवेज क्यास एण्ड क्यारीबीच डिजिटल कारोबारलाई प्रोसाहन गर्ने उद्देश्यले सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सेल्सबेरीको तर्फबाट अध्यक्ष शुसिलमान प्रधानाङ्ग तथा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु थापाले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात बैंकका ग्राहकले सेलवेज क्यास एण्ड क्यारीसँग आवद्ध सेल्सबेरी एण्ड सेलवेजका आउटलेटहरुबाट सामान खरिद गर्दा बैंकका ग्राहकहरुले विभन्न डिजिटल माध्यमबाट जस्तै क्युआर वा पिओएसमार्फत डेबिटरक्रेडिट कार्ड प्रयोग गरी डिजिटल भुक्त्तानी गर्न सक्नेछन् । यसै बीच बैंकले हरेक हप्ताको सोमबारका लागि मनडे म्याडनेस योजना सञ्चालन गरिरहेको छ । जस अन्तर्गत हरेक सोमबार बैकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पिओएस वा इकमर्शबाट पेमेन्ट गर्दा २३ प्रतिशत वा १२३ डेबिड कार्डमा र क्रेडिट कार्डमा २३ प्रतिशत वा २२३ सम्म छुट पाइनेछ ।
यो योजना हरेक सोमबार बिहान ७ बजेदेखि १० बजे सम्म कार्डबाट गरिएका कारोबारमा मात्र लागु हुने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *