कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा छुट
काठमाडौं । कुमारी बैंकले नेसनल प्याथ ल्याबसँग बैंकले आफ्ना सेवाग्राहीलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्थासहित ल्याबसँग सम्झौता गरेको हो। उक्त सम्झौता–पत्र अनुसार नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा इन हाउस परीक्षणमा २० प्रतिशत र आउटसोर्स १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।