ज्योति विकास बैंकको संचालकमा श्रेष्ठ नियुक्त
काठमाडौं । ज्योति विकास बैंकले संचालकमा रामकुमार श्रेष्ठलाई नियुक्त गरेको छ । बैंकको संचालक समितिको बैठकले श्रेष्ठलाई संस्थापक सेयरधनीको तर्फबाट संचालकमा नियुक्त गरेको हो । यो सँगै श्रेष्ठले चैत १३ गतेदेखि लागु हुने गरी आगामी साधारणसभासम्मको लागि संस्थापक सेयरधनीको तर्फबाट संचालकमा भुमिका निर्वाह गर्नेछन् ।