सुर्यविनायक नगरपालिका वडा नं ३ मा वडा स्तरीय ज्येष्ठ नागरिक तथा अपाङगता समन्वय समिति गठन
सुर्यविनायक नगरपालिका वडा नं ३ मा वडा स्तरीय ज्येष्ठ नागरिक समन्वय समिति तथा अपाङगता समन्वय समिति वडाध्यक्ष दिपेन्द्र केसि को सभापतित्वमा सञ्चालन गरीएको थियो ।
वडा सदस्य घनश्याम भट्टराई,हेमा ,दाहाल र जनक भण्डारीको पनि उपस्थित रहेको थियो । उक्त कार्यक्रममा वडा वासिहरुको भेलावाट वडाध्यक्ष संरक्षक रहने गरि विस्वनाथ ढुङेगलको अध्यक्षतामा सर्वसम्मतवाट जेष्ट नागरिक समन्वय समिति चयन गरियो ।
साथै सुशील अधिकारीको अध्यक्षतामा वडास्तरीय अपाङगता सरोकार समन्वय समित पनि चयन गरीयो । सूर्य विनायक नगरपालिकावाट आउनु भएका रञ्जना पोखरेल ,शर्मिला दाहाल र वडा सचिव शेषराज दाहालले कार्यर्क्रम सञ्चालन गर्नु भएको थियो । वडा स्तरीय ज्येष्ठ नागरिक समन्वय समितिका नव नियुक्त अध्यक्ष विस्वनाथ ढुङेगलले सवैसग साथ लिएर अगाडि वढनेछु भन्नु भयो ।
वडा स्तरिय ज्येष्ठ नागरिक समन्वय समितिका सभापति ,वडाध्यक्ष तथा वडा स्तरिय समन्वय समितिका संरक्षक दिपेन्द्र केसिले सवैसङग मेलमिलापको भावना जगाई अगाडी वढनु पर्छ र यहांहरुको आवश्यकताका विषयमा मैले सक्दो सेवा र सहयोगका लागि हर प्रयत्नले अगाडि वढनेछु र नयां गठन गरीएको दुवै समन्वय समितिलाई सफल कार्यकालको शुभकामना दिदैं कार्यक्रम समापन गरीएको थियो ।