राष्ट्रपतिको निजी चिकित्सकमा डा. निरज बम नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त भएका छन् । राष्ट्रपति कार्यलयले शुक्रबार डा. बमलाई निजी चिकित्सकका रुपमा नियुक्त गरेको हो । छाती रोग विशेषज्ञ डा. बम महारागञ्जस्थित चिकित्सा क्याम्पसमा सहप्राध्यापकका रुपमा कार्यरत रहेका छन् ।
सरकारी सेवामा रहेको व्यक्तिले दोहोरो सेवा–सुविधा लिन नमिल्ने भएकाले डा. बमले त्रिवि शिक्षण अस्पातालको मात्रै सेवा सुविधाले लिने बताएका छन् । पाटन अस्पतालमा भएको साथै राष्ट्रपतिको निजी चिकित्सकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने पनि उनले बताए । डा. बम त्रिवि शिक्षण अस्पतालको कोरोना र्फोकल पर्सनको जिम्मेवारीमा समेत रहेका छन् ।