बानेश्वरस्थित संसद् भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं । बानेश्वरस्थित संसद् भवनमा प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । दलीय प्रतिनिधित्वका आधारमा कार्य व्यवस्था परामर्श समिति गठन गत शुक्रबार भएको थियो । त्यसपछि सोमबार प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको पहिलो बैठक सोमबार जारी छ ।

सो बैठकमा प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नुका साथै विषयगत समिति गठन, मस्यौँदा समिति गठन लगायतका विषयमा छलफल हुने कार्यतालिका रहेको स्रोतले जनाएको छ । कार्यव्यावस्था परामर्श समितिको बैठक दिउँसो अर्को बैठक बस्ने भएकाले अहिले नै बसिएको जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *