गोविन्दराज जोशीलाई केन्द्रीय सदस्य बनाउने देउवाको प्रस्ताव, दीपकराजको अस्वीकार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले कुराकानी गरेका छन् । सोमबार बिहान देउवा निवास धुम्बाराहीमा भएको भेटवार्तामा तनहुँ कांग्रेसको राजनीतिबारे छलफल भएको थियो ।

तनहुँ २ मा हुन गइरहेको उपनिर्वाचनलाई मध्यनजर गर्दै देउवाले जोशी पुत्र दीपकराजलाई धुम्बाराहीमा बोलाएका थिए । उनले तत्काल गोविन्दराज जोशीलाई पार्टीको केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरे पनि दीपकराजले अस्वीकार गरेको बताइएको छ । दीपकराजले बाबु जोशीलाई स–सम्मान कांग्रेस फर्काउन मात्र नभई आफ्नो समूहमा रहेका सबैलाई न्याय दिनुपर्ने माग गरेका थिए ।

तर देउवाले अहिलेलाई गोविन्दराज जोशीलाई केन्द्रीय सदस्य बनाउन सकिने, अरु विषयमा पछि छलफल गर्ने बताएका थिए । दीपकराज जोशीले भने उपनिर्वाचनअघि नै माग पूरा गर्नुपर्ने बताएका थिए । उनले उपनिर्वाचनलाई लक्षित गर्दै हथकण्डा अपनाउन नहुने बताएका थिए ।

कांग्रेसले तनहुँ २ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । आगामी वैशाख १० गते हुने निर्वाचनमा यसपटक जोशी समूहले तठस्थ बस्ने निर्णय गरिसकेको छ । त्यसैले अहिले जोशी समूहलाई फकाउने रणनीतिमा कांग्रेस लागेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *