सांसद भण्डारीद्वारा नयाँ वर्षमा भिडियो सन्देश

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा भिडियोमार्फत शुभकामना सन्देश व्यक्त गरेका छन् । ‘स्वदेश तथा विदेशमा बस्ने बस्ने नेपालीहरु २०८० को उपलक्ष्यमा नयाँ वर्ष मनाइरहेका छौं । एक अर्कोले सुख शान्ति, समृद्धिको कामना गरिरहेका छौं । यस अवसरमा सम्पूर्ण नेपालीलाई म नयाँ वर्षको सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्न चाहन्छु उनले शुभकामनामा उल्लेख गरे ।’

नयाँ वर्षको अवसरमा भारतमा रहेर देश विदेशमा छरिएर रहेका सबैका नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन् साथै उनले आफ्नो स्वास्थ्यमा निरन्तर सुधार हुदैँ आइरहेको बताएका छन् ।

तपाईहरुको माया सद्धभाव, प्रेम र प्राथनाका कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ,’ सांसद भण्डारीले भने । छिट्टै नेपाल आएर उपचार गर्ने सांसद भण्डारीले बताएका छन् । ‘छिट्टै नै म तपाईहरुसित उपस्थित भएर त्यही नै मेरो स्वास्थ्य उपचार गर्ने छु । यस नयाँ वर्षको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै छु, उनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *