संवैधानिक परिषद बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने बालकोट बैठकको निर्णय
काठमाडौं । तीन दलका शीर्ष नेताहरूको बैठकमा संवैधानिक परिषद बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकमा प्रधानन्याधीश सिफारिस गर्ने सहमति भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।
संवैधानिक परिषद्को बैठक राख्ने विषय सहमति भएको लेखकले जानकारी दिए । यस्तै, टिआरसी विधेयक, संसद सञ्चालन र समिति गठनको विषयमा पनि नेतृत्वबीच सहमति जुटेको उनको भनाई छ ।