सुर्यविनायक नगरपालिका वडा नं ३ मा कार्यरत कर्मचारी कृष्ण कसपालको निधनप्रति शोकसभा
सुर्यविनायक नगरपालिका वडा नं ३ मा कार्यरत कर्मचारी कृष्ण कसपालको मिति २०८० साल वैशाख १ गते आफनै निवास कटुञ्जेमा हृदयघातका कारणले निधनप्रति आज वडा कार्यालयले शोक सभाको आयोजना गरेको थियो ।

यस सुर्यविनायक नगरपालिकाको लागि मात्र नभएर सिङगो नगरपालिकाले एउटा कुशल नेतृत्व सञ्चालन गर्न सक्ने असल कर्मचारी गुमाउँदा सवैलाई दुख लागि रहेको छ । आज सवैका लागि अति महत्वपूर्ण परिपक्व व्यक्तित्व हामिले गुमायौ ।अब हामि सित धैर्य गर्ने शक्ति वाहेक केही छैन । उहाँको आत्माले शान्ती पावस वैकुण्ठ वास होस् । आज वडा कार्लायले शोक सभाको आयोजना गरेको थियो । वडाको तर्फवाट परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भनी हार्दिक श्रध्दाञ्जली अर्पण गरि मौन धारण गरिएको थियो ।

















