उनैको सम्झनामा

अमृत रुपि मनको त्यो भाव
खड्कि रहन्छ उनको अभाव ।
सुख र दुख चुनौति हाम्रो
जाने रहेछ राम्रो नराम्रो ।

कसैका लागि केही गरिन्छ
थाहै नहुने कहिले मरिन्छ ।
थियो नि उनमा परिपक्वधार
मिठास वोलि रहेको आधार ।

मिठास थियो उनको त्यो वोलि
हुदैन भन्थे आजको भोली ।
कण्ठष्थ वोल्थे भाषा मिठास
सुन्दा अचम्म मन भो उदास।

असल मित्र गुमाउनु पर्दा
कस्को आँसु नझर्ला मर्दा ।
अन्त नजावस उनको त्यो सास
हाम्रो त्यो आश वैकुण्ठ वास ।

वोलि रहेछौं सुन्छौ सुन्दैनौ
यसलोक भित्र हुन्छौ हुदैनौ
मिलन सार हृदय विदारक
मन कुण्ठ पारि गरियोनि यो शोक

मित्रता साथि सवैको आसहोस
जहांछौ तिमी वैकुण्ठ वासहोस ।
के काम लाग्छ भएर धन
उनको देहमा श्रद्धासुमन ।।
उनको देहमा श्रध्दासुमन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *