नबिल बैंकको कार्डबाट सामसङ मोबाइल किन्दा दुई हजार छुट
काठमाडौं । नबिल बैंक र सामसङबिच सम्झौता गरेको छ । सामसङले हालैमात्र बजारमा उपलब्ध गराएका ए सिरिज मोडलका दुई वटा नयाँ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजी स्मार्टफोनको खरिदमा सीमित समयका लागि विशेष छुट अफर ल्याएको छ । बैंकका भिसा डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले ग्यालेक्सी ए ३४ फाइभजी र ग्यालेक्सी ए ५४ फाइभजी खरीद गर्दा दुई हजार रुपैयाँसम्म क्यासब्याक अथवा छुट प्राप्त गर्नेछन् ।
ग्यालेक्सी ए ३४ फाइभजी र ग्यालेक्सी ए ५४ फाइभजी नेपाली बजारमा गत मार्च २९ देखि उपलब्ध भएका थिए । यी दुवै मोडलमा रोचक क्यामरा र धेरै दिनसम्म टिकाउ रहनसक्ने पाँच हजार एमएएचको ब्याट्री रहेको छ । ग्राहकहरूले आफूसँग भएको नबिल बैंकको भिसा, डेबिट वा क्रेडिट कार्डमार्फत् ब्रान्डका स्टोर वा शोरुमबाट ग्यालेक्सी ए ३४ फाइभजी र ग्यालेक्सी ए ५४ फाइभजी खरिद गर्दा क्यासब्याक अफर प्राप्त गर्नसक्ने छन् । योजना सीमित अवधिका लागि लागु हुने कम्पनीले जनाएको छ ।