बुद्ध एयरले भित्र्यायो नयाँ जहाज


काठमाण्डौं । बुद्ध एयरले १५ औं एटिआर–७२ नयाँ जहाज भित्र्याएको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याइ एक महिनाभित्र उडान सेवा दिने प्रेस विज्ञप्तिमार्फत बताएको छ। बुद्धका अनुसार ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुन्छ र भाडादर पनि स्वतः सस्तो हुन्छ। त्यही अनुरूप ७२ सिटे जहाज भित्र्याएको हो। यो सँगै बुद्ध एयरका १५ वटा जहाज पुगेका छन्। यसमध्ये १२ वटा एटिआर–७२ र तीन वटा एटिआर–४२ छन्। यसअघि बुद्धसँग भएका दुइटा बिचक्राफ्ट क्यानाडाको कम्पनीलाई बेचेको थियो। नेपाली यात्रुहरूका लागि पनि बुद्धले हवाई उडान सहज र सरल बनाउने प्रतिबद्धता अनुरूप कार्य गर्दै आएको जनाएको छ।

सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भएसँगै यात्रुले आफ्नो समयअनुकूल उडान भर्न सक्ने बुद्धले जनाएको छ। बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले जुन १५ मा अर्को नयाँ जहाज आउने बताए। धनगढी तथा सुर्खेतमा थप एउटा उडान भर्ने बुद्धको योजना छ। हाल धनगढी तथा सुर्खेतमा दैनिक दुइटा उडान भइरहेको छ। यसैगरी संखुवासभाको तुम्लिङटारमा एटिआर–७२ जहाजबाट उडान भर्ने पनि योजना छ। बुद्धले पोखराबाट पनि देशका विभिन्न गन्तव्यमा सिधा उडान भरिरहेको छ। हाल पोखराबाट नेपालगञ्ज, भैरहवा, र भरतपुरको सिधा उडान भइरहेको छ। अबको केही दिनपछि भद्रपुर र विराटनगरबाट ुप्राइम टाइमु मा पोखराको उडान भर्ने योजना रहेको बुद्धले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *