सरकारले निजी क्षेत्रलाई सघाउनुपर्छ : चन्द्र ढकाल
काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पूर्वाधार क्षेत्रको विकास कार्यक्रममा सरकारले निजी क्षेत्रलाई सघाउनुपर्ने बताएका छन् ।
सोमबार पूर्वी नवलपुर गैंडाकोट–मौलाकाली केबलकारको उद्घाटन कार्यक्रममा बोल्दै आईएमई ग्रुपका अध्यक्ष समेत रहेका ढकालले सरकारलाई विना लगानीको पार्टनर बन्न आग्रह गरेका हुन् ।
कतिपय परियोजनाहरुमा सार्वजनिक (निजी साझेदारी (पीपीपी) मोडलमा काम गर्नुपर्ने भएपनि नसकिएको अवस्थामा सरकारले विना लगानीको पार्टनरशिपको रुपमा निजी क्षेत्रलाई सहयोग गर्नुपर्ने बताए ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालकै लगानी रहेको आईएमई ग्रुपले पूर्वी नवलपरासीको गैंडाकोटदेखि प्रसिद्ध धार्मिक स्थल मौलाकालीसम्म जाने केबलकार सोमबारदेखि औपचारिक रुपमै सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केबलकारको उद्घाटन गरेका छन् ।