वीर अस्पतालकी नर्स अनुमा मृत्यु प्रकरण : डा. सुजन ढकाल पक्राउ
काठमाडौं । काठमाडौंस्थित वीर अस्पतालकी स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौँ महानगरपालिका–१६ बोहराटारका डा. सुजन ढकाल पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंबाट प्रक्राउ गरेको हो ।
पक्राउ परेका डा. ढकाललाई अहिले बालाजु प्रहरी वृत्तमा राखिएको जनाइएको छ । डा. ढकालसहित उनका बुबा मुरलीप्रसादविरुद्ध नर्सको परिवारले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका थिए । स्टाफ नर्स श्रेष्ठ शनिबार अपराह्न डा. ढकालको घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।