यौन दुर्व्यवहारमा आरोपित मदन राईविरुद्ध आज अदालतले म्याद थप गर्ने
काठमाडौं । खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम) का संस्थापक मदन राईविरुद्ध आइतबार अदालतबाट म्याद थप गरिने भएको छ । यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका पक्राउ परेपछि गत शुक्रबार खोटाङ प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
फाउन्डेसनमा ७ वर्ष अध्ययन गरेकी १६ वर्षीया किशोरीले यौन दुर्व्यवहारको अभियोगमा शुक्रबार नै निवेदन दिएकी थिइन । ७५ वर्ष पुगिसकेका राईले यौनदुव्र्यवहार गरेको नभई बलात्कार , यौन अपराध नबढोस भनेर समय– समयमा सो यौन शिक्षा दिँदै आएको बताएका छन् । यौन दुव्र्यवहारमा आरोपित राई एक कृषि वैज्ञानिक समेत हुन् ।
खोटाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार हिजो शनिबार भएकाले आज (आइतबार) अदालतमा उपस्थित गराएर अनुसन्धानका लागि म्याद थपिँदै छ । अभियुक्त राई अहिले खोटाङ जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।
जाहेरी दिने किशोरीले शुभम फाउन्डेसनमा ७ वर्ष बस्दा मदन राईले पटकपटक शरीरमा हात हालेको, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने गरेको, आफ्नो गुप्तांग देखाएर छुन लगाएकोलगायत आरोप लगाएकी छन्। तर यस विषयमा आरोपित राईले यौन शिक्षाका लागि त्यो गरेको बताएका छन् ।
खोटाङ प्रहरीका अनुसार राईका विरुद्धमा थप उजुरी भने आएका छैनन् ।