सिटिजन्स बैंकका ग्राहकलाई अरोगिन हेल्थ केयरमा छुट


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको बिशालनगरस्थित अरोगिन हेल्थ केयरबीच सम्झौता भएको छ । बैंक र हेल्थकेयरबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् बैंकका कार्डवाहकहरुले अरोगिन हेल्थ केयरमा ४५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *