विवेकशील साझाको प्रवक्तामा आशुतोष प्रधान

काठमाडौँ । विवेकशील साझा पार्टीले केन्द्रीय सदस्य आशुतोष प्रधानलाई पार्टीको प्रवक्ता बनाएको छ। शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले नेता प्रधानलाई प्रवक्तामा नियुक्त गरेको हो।

विवेकशील साझा पार्टीका नवनियुक्त प्रवक्ता प्रधान पर्यटन उद्यमी हुन्। त्रिभुवन विश्वविद्यालयमा ‘संस्कृति पर्यटन’का पीएचडी स्कलर प्रधानले पार्टीको उद्यमशीलता विभागको नेतृत्व कुशलतापूर्वक सम्पन्न गरिसकेको पार्टीले जनाएको छ । प्रधान तनहुँको बन्दीपुरका स्थायी बासिन्दा हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *