एमालेबाट चार वटा विशेष प्रस्ताव पारित, नागरिकता विधेयकदेखि आम माफी दिएकोमा एमालेको आपत्ति
काठमाडौँ । नेकपा एमालेले चार वटा विशेष प्रस्ताव पारित गरेको छ ।
शुक्रबार बसेको एमाले सचिवालय बैठकले निष्क्रिय नागरिकता विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेको भन्दै यो संविधानको उल्लघन भएको भनेको छ । साथै यसको सशक्त विरोध गर्ने पनि एमालेले जनाएको छ ।
गणतन्त्र दिवसका अवसरमा टीकापुर घटनाका दोषीलाई आम माफी दिएकोमा पनि एमाले आपत्ति जनाएको छ ।
जेठ १५ मा पेश भएको बजेटले मुलुकको समस्या समाधान नगर्ने तथा हुलाक कार्यालय खारेज गर्ने निर्णय सच्चाउन सरकारसँग माग गरेको एमालेले जनाएको छ ।