प्रमाणीकरण गरेको नागरिकता विधेयक रद्द नगरेसम्म संसद् चल्न नदिने एमाले अडान

काठमाडौँ । नेकपा एमालेले हालै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी संशोधन विधेयक रद्द नगरेसम्म प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गर्ने भएको छ । अघिल्लो संसद्ले पारित गरेर प्रमाणीकरण नभएको विधेयक अहिलेको राष्ट्रपतिले प्रमाणीकरण गर्नु गैरसंवैधानिक काम भएकोले सो प्रमाणीकरण गरेको विधेयक रद्द नगरेसम्म संसद् अवरुद्ध गर्ने एमालेको प्रस्ट धारणा रहेको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए ।

संसद् बैठक बस्नुअघि यसबारेमा एमालेको तर्फबाट सभामुख देवराज घिमिरेलाई यसबारे जानकारी गराइसकिएको र सो विधेयक रद्द नहुन्जेल एमालेले संसद्को कामकारबाही अघि बढाउन नदिने सचेतक बर्तौंलाले बताए । एमालेको अडानका कारण आइतबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सुरु हुन सकेको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *