राष्ट्रियसभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । १४ औँ अधिवेशनको १३औँ बैठक बस्न लागेको हो । बिहान ११ बजेर ११ मिनेटमा सुरु हुने बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउनेछन् ।

त्यसपछि अर्थमन्त्री डा प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०।०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यससँगै सरकारको वार्षिक बजेटमाथि सामान्य छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आजै प्रतिनिधिसभाको बैठक पनि बस्दै छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *