ग्लोबल आइएमईले वृक्षारोपण गरी मनायो विश्व वातावरण दिवस
काठमाण्डौं । ग्लोबल आइएमई बैंकले सात वटै प्रदेशमा वृक्षारोपण गर्दै विश्व वातावरण दिवश मनाएको छ । बैंकले “एककर्मचारी एक विरुवा रोपण” अभियान अन्तर्गत सातवटै प्रदेशमा विभिन्न प्रजातिका उन्नत बोट बिरुवाहरु रोपेर विश्व वातावरण दिवस मनाएको हो ।

बैकले मोरङ्गको विराटनगर एयरपोर्ट रोड, सिराहाको मिर्चैया, काठमाडौंको टोखा स्थित लाखे डाँडा, कास्कीको पोखरा रङ्गशाला परिसर, रूपन्देहीको तिलोत्तमा सामुदायिक पार्क र सुर्खेतको विरेन्द्रनगर चौहानपार्कमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।

बैंकले आयोेजना गरेको वृहत वृक्षारोपण कार्यक्रममा बैंकका कर्मचारीहरु, स्थानीय नागरिक लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता रहेको थियो । बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर यस किसिमका विभिन्न सामाजिक कार्यहरुलाई निरन्तरता दिंदै आएको जनाईएको छ ।


















