एक करोडसम्मको घरबीमा वार्षिक ५०० रुपैयाँमा


काठमाडौं । इसेवाले युएसएड, तयार र शिखर इन्स्योरेन्ससँगको साझेदारीमा बिमा प्रक्रियालाई डिजिटाइज गरी अझ सरलीकरण गर्न घर बीमा सुविधा ल्याएको छ । यस योजना इसेवाको मोबाईल एपभित्र रहको इन्स्योरेन्स शिर्षकमा सूचीवद्ध सेवा मार्फत सजिलै घर बीमा खरिद गर्ने सुविधा प्राप्त गर्न सकिनेछ । बीमा नीति अनुसार एक करोडसम्मको बिमा हुने यस योजनामा वार्षिक ५०० देखि ४५ रूपैयाँसम्म भुक्तानी गर्नुपर्ने इसेवाले जनाएको छ ।

हाललाई यो योजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा लागु हुने इसेवाले जनाएको छ । इसेवाको अनुसार बीमा मुल्य घरको विश्वसनीयता र मूल्य निर्धारणबाट तय हुनेछ र यस योजनामा सहभागि हुन घरधनीले घरको तस्बिर, अपेक्षित मूल्य र त्यसको सम्पती विवरण इसेवमा एप मार्फत अपलोड गर्नुपर्नेछ । इसेवाले यस अघि नै ग्राहक तथा ग्राहकका आफन्त र साथीभाईमा लागु हुनेगरि इसेवा केयर सञ्चालनमा ल्याइसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *