गोरखामा अनियन्त्रित भई बस दुर्घटना हुँदा १३ जना घाइते

गोरखा । गोरखामा यात्रुवाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

चितवनबाट गोरखाको आर्खेतका लागि छुटेको ना५ख ७२११ नम्बरको बस गोरखा नगरपालिका वडा नम्बर–८, ढुङ्गागाढे चोक नजिकै बस दुर्घटना भएको हो ।

बस अनियन्त्रित भई भित्तामा ठोक्किँदा १३ जना घाइते भएको जनाइएको छ ।

घाइते भएकाहरूको अहिले गोरखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते सबै अवस्थामा भने सामान्य रहेको अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट हरीकुमार श्रेष्ठले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *