नेपालले दुवै ओपनर गुमायो,दोस्रो विकेटका रुपमा आसिफ ६६ रन बनाउँदै आउट
काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत नेपालले दोस्रो विकेट पनि गुमाएको छ ।
टस हारेर ब्याटिंग गरिरहेको नेपालले कुशल भुर्तेलपछि आसिफ सेखलाई गुमाएको छ । यसअघि कुशल भुर्तेल ९९ रनमा आउट भएका थिए भने आसिफले ६६ रन बनाएर आउट भएका हुन् ।
कुशल र आसिफले नेपालला कागी एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा कुनै पनि विकेटका लागि सर्बाधिक १७१ रनको कीर्तिमानी साझेदारी गरेका थिए ।
जिम्बाबेका लागि दुवै विकेट बलर वेलिंगटन मासाकाडजाले लिएका छन् ।
पछिल्लो समय नेपालले 37 ओभरमा दुई विकेट गुमाएर एक सय 89 रन बनाएको छ ।