सन्दिपले लिए वेष्ट इण्डिजको तेस्रो विकेट , वेस्टइण्डिजका किंग आउट

काठमाडौँ । नेपालले वेस्टइन्डिजविरुद्ध तेस्रो सफलता हासिल गरेको छ ।

आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरिरहेको वेस्टइन्डिजले १६ औं ओभरमा तेस्रो विकेट गुमाएको हो ।

नेपाली बलर सन्दीप लामिछानेले वेस्टइण्डिजका ब्राण्डन किंगलाई आउट गरेका हुन् । ब्राण्डन ३२ रन बनाएर आउट भएका हुन् । सन्दीपले क्वालिफायरको तेस्रो खेलमा लिएको यो पहिलो विकेट हो ।

यस अघि खेलेका दुई खेलमा सन्दीप विकेटविहिन बनेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *