अब विदेशबाटआएको रकम एनआई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने


काठमाडौं । एनआई सी एशिया बैंकले अब आफ्ना ग्राहकहरुको नाममा विदेशबाट आएको रेमिटेन्स रकम बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत सहजै बुझ्न सकिने सेवाको सुरुवात गरेको छ । यो सेवा सुरु भएसँगै अब बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएकाले आफूलाई आएको रेमिटेन्स रकम बैंकमा रहेको खातामा डिपोजिट गर्न सकिने छ । डिजिटल कारोबारमा आम ग्राहकहरुको उपस्थितिलाई थप प्रोत्साहन गर्नु पर्ने आवश्यकतालाई सघाउ पुग्ने गरी आएको यस सेवाबाट रेमिटेन्स रकम बुझ्नको लागि एनआईसि एशिया मोबैक भित्रको रेमिट्यान्स आइकनमा ट्याप गरेर रिसिभ रेमिट भित्र आफूलाई प्राप्त रकम र यूनिक पिन राखेपश्चात् उक्त रकम जुनसुकै समयमा आफ्नो खातामास् थानान्तरण गर्न सकिनेछ । यस सेवा पश्चात् ग्राहकहरूलाई रेमिटेन्स रकम बुझ्नकै लागि बैंक उपस्थित भई भौतिक फारम भरी नगद झिक्नु पर्ने बाध्यताबाट मुत्ति मिल्ने विश्वास बैंकले लिएको छ ।
एनआई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६०शाखा कार्यालयहरू, ४७३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवादिन यस बैंक सफल भएको छ । देशको कुल जनसंख्याको ८०५ भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरू स्थापना गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *