सुन जोखिने भएपछि पशुपतिनाथ मन्दिर प्रवेशमा रोक

काठमाडौं । पशुपतिनाथको जलहरीको सुन जोखिने भएपछि मन्दिर प्रवेशमा रोक लगाइएको छ ।

पशुपतिनाथ परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पूजाआजाका लागि मन्दिर पुगेका भक्तजनहरूलाई बाहिर निकालिएको छ। अहिले पशुपतिनाथका चारै ढोका बन्द गरिएका छन् ।

पशुपतिको जलहरी बनाउँदा सुनको सट्टा पित्तल प्रयोग गरी अनियमितता गरेको भन्दै चौतर्फी आलोचना भएपछि सुनको मात्रा जोखिन लागेको हो। पशुपति विकाश कोष परिसरमा केहीबेरपछि जलहरीको तौल जोख्ने तयारी भइरहेको छ ।

पशुपति विकाश कोष,प्रहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायका प्रतिनिधिको रोहवरमा सुन जोख्ने तयारी भइरहेको हो ।

महालेखाको प्रतिवेदनमा १० किलो ९ सय ७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाएको उल्लेख छ। तर पुष्टि हुन सकेको छैन।

पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्णरुपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन विकास कोषले खरिद गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *